गर्भपतन गराउनु कतिको खतरा हो ? विशेषज्ञ डाक्टरको सुझाव (भिडियोमा)

गर्भपतन गराउनु कतिको खतरा हो ? विशेषज्ञ डाक्टरको सुझाव (भिडियोमा)


काठमाडौं । पछिल्लो समय गर्भपतन गराउनेको संख्या उल्लेख्य बढिरहेको छ । १२ हप्तासम्मको सुरक्षित गर्भपतन गराउन कानूनले नै मान्यता दिएको छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ।

पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको सङ्ख्या बढेको हो ।

तर असुरक्षित गर्भपतन गराउनु भनेको महिलाकाो लागि खतरा रहेको डाक्टरहरुको भनाई छ । गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा नकरात्मक असर गर्ने हुँदा सुरक्षित गर्भपतन गराउनुपर्ने उनीहरुको सुझाव छ ।

प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाह पनि नेपालमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको बताउँछन् ।

Logo