मेलम्ची आयोजना जापानी कारझैं दौडिरहेको छः प्रधानमन्त्री (भिडियोमा)

मेलम्ची आयोजना जापानी कारझैं दौडिरहेको छः प्रधानमन्त्री (भिडियोमा)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना तीब्रताका साथ अघि बढिरहेको बताएका छन् ।

ललितपुरको बालकुमारी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री मेलम्ची आयोजना चिल्लो सडकमा जापानी कार दौडिएजस्तो मेलम्चीको काम अघि बढिरहेको दावी गरे ।

‘मेलम्ची आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिँड्यो । यो वर्ष त्यसरी हिँड्न पाएको छैन । जापानी कार चिल्लो बाटोमा हिँडेजस्तो हिडेको छ । यसबीचमा तीब्र गति लिएको छ’ प्रधानमन्त्री ओलीले भने ।

उनले मेलम्ची आयोजना निर्माण गरिरहेको इटालीयन कम्पनी सीएमसीले नै बाँकी काम गर्ने बताए ।

Logo