आयल निगमले इन्धनको मुल्य घटायो

आयल निगमले इन्धनको मुल्य घटायो


काठमाडौं

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।

समायोजन गरिएको मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८, डिजेल र मट्टीतेल प्रतिलिटर ९५ भएको छ । यस अघि पेट्रोल प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ कायम रहेको थियो । नयाँ मूल्य गए राती १२ बजेदेखि लागू  हुने निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ ।
रासस

Logo