अब काठमाडौंमा सभा, जुलुस र प्रदर्शन गर्न नपाइने

अब काठमाडौंमा सभा, जुलुस र प्रदर्शन गर्न नपाइने


काठमाडौं ।

अब काठमाडौंमा भिडभाड लगायतका क्रियाकलाप गरे कारबाही हुने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरि भिडभाडजन्य गतिविधि सञ्चालन गर्नेलाई कानुन अनुसार कारबाही गर्ने बताएसँगै यस्ता क्रियाकलापमा रोक लगाइने भएको हो ।

उपत्यकाका विभिन्न ठाउँमा सभा, जुलुस, प्रदर्शन जस्ता क्रियाकलाप भइरहेको र यस्ता गतिविधिले कोरोना सङ्क्रमण बढ्ने भएकाले भिडभाडलाई नियन्त्रण गर्न लागिएको हो । साथै कोरोना रोकथाममा सहयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यदि यस्ता गतिविधि सञ्चालन गरेको पाइए सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने पनि कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Logo