दुई महिला भारतको सबरीमला मन्दिर पस्न सफल, राज्यले दियो सुरक्षा

दुई महिला भारतको सबरीमला मन्दिर पस्न सफल, राज्यले दियो सुरक्षा


एजेन्सी । भारतमा दुई महिलाले सयौं वर्षदेखि ईतिहास तोड्न सफल भएका छन् । भारत केरलाको सबरीमला मन्दिरमा प्रवेश गर्दै ति दुई महिलाले ईतिहास तोडेका हुन् । ५० वर्षका पेरिनथल मन्नाकी विन्दु र कन्नुरकी कनकदुर्गा बुधबार बिहान मन्दिर प्रवेश गर्न सफल भएका हुन् ।

उनीहरुले यसअघि पनि मन्दिर प्रवेश गर्ने प्रयास गरेका थिए । तर सफल हुन सकेका थिएनन् । सादा कपडामा रहेका दुई महिला प्रहरी तथा अरु सहयोगीको सुरक्षामा स्वामी अयप्पाको मन्दिरमा प्रवेश गर्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केरलाका मुख्यमन्त्री पी, विजयनले दुई महिला मन्दिर भित्र प्रवेश गर्न सफल भएको पुष्टि गरे ।

सरकारले नै उनीहरुलाई सुरक्षा दिएको मुख्यमन्त्री विजयनले बताए । उनीहरुलाई गएको महिनाको प्रयासमा दक्षिणपन्थी संगठनका कार्यकर्ताले रोकेका थिए ।

स्वामी अयप्पाको मन्दिर सबरीमलामा १० देखि ५० वर्ष उमेरका किशोरी तथा महिलामाथि प्रवेशमा प्रतिबन्ध रहँदै आएको थियो । तर गएको सेप्टेम्बर २८ मा भारतको सर्वोच्च अदालले यो व्यवस्था खारेज गर्दै सबै उमेर समूहका महिलालाई मन्दिर प्रवेश गर्न दिन आदेश दिएको थियो ।

स्वामी अयप्पा ब्रह्मचारी रहेकाले महिनावारीको उमेर पुगेका वा महिनावारी हुने उमेरका महिलामाथि प्रवेशमा रोक लाग्दै आएको थियो ।

Logo