अभागी बाबु जसले छोराबुहारीलाई दागबत्ती दिनुपर्‍यो

अभागी बाबु जसले छोराबुहारीलाई दागबत्ती दिनुपर्‍यो


(कृष्णसिंह धामी)

काठमाडौं । मरेपछि छोराछोरीले आफ्नो चितामा दागबत्ती दिउँन भन्ने हरेक आमाबाबुको चाहना हुन्छ । हाम्रो समाजमा मरेपछि छोराले दागबत्ती दिएमा बैतर्णी तरिन्छ भन्ने जनविश्वास छ ।

छोरा नहुनेका छोरीहरुले पनि दागवत्ति दिदैं आएका छन् । तर त्यसको ठिक उल्टो हुँदा तपाई हाम्रो मनमा के होला ? त्यो कल्पनाको विषय छैन् । एक त्यस्ता अभागी बाबु जसले आफ्नै छोरा बुहारीको चितालाई दागबत्ती दिएर किरियामा बस्नु परेको छ ।

हिटर लिग भएको आगोबाट आगलागी हुँदा काठमाडौंमा एक ईन्जिनियर दम्पत्तिको ज्यान गएको छ । जाइकामा कन्सल्टेन्ट रहेका ईन्जिनियर पुष्कर जोशी र सडक विभागकी ईन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ७ गते शनिबार हिटरबाट सल्केको आगोको लप्कामा परी गम्भीर घाइते भएका थिए । उनीहरुका डेढ वर्षका छोराको मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

ईन्जिनियर दम्पतिको पाँच दिनको अन्तरालमा बाबुले नै दागबत्ती दिए । १२ गते उपचारको क्रममा ईन्जिनियर पुष्करको ज्यान गएको थियो । त्यसको पाँच दिनपछि सोमबार श्रीमती अप्सराले पनि ज्यान गुमाईन् । बुहारीलाई पनि तिनै बाबुले दागवत्ति दिए । डेढ वर्षको छोरा भने बेला बेला आमा आमा भन्दैं रोई कराई गर्दै आएको छ । उनको अवस्था सुधारोन्मुख छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–२ उल्टाखामबाट आएका वृद्ध बाबुले नै छोरा र बुहारीको चितामा दागबत्ती दिए । आमाले आर्यघाटमा एक्कासी कान्छो छोराको शव देख्दा वेहोस भईन् । बेहोस अवस्थामै रहेकी आमा बुहारीको पनि निधन भएपछि विक्षिप्त बनेकी छन् ।

उद्दारमै ढिलाईः
दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएको थियो । उद्धार गर्दै उनीहरुलाई कीर्तिपुर हस्पिटल पुर्‍याउँदा रातिको ११ बजिसकेको थियो । त्यतिबेलासम्म उनीहरुको अवस्था एकदमै दयनिय बन्यो । राति करिब ६ बजेतिर आगलागीमा परेका उनीहरुको समयमै उद्दार हुन नसकेको नेपाल ईन्जिनियर्स एशोर्सिएसन सुदूरपश्चिम प्रदेश सभापति ईन्जिनियर लव प्रसाद  जोशीले जानकारी दिए ।

हिटरको ग्यास लिक भएर आगलागी भएको थियो । ग्यास र विजुली दुवैबाट चल्ने उक्त हिटर उनीहरुले सोही दिन बनाएर ल्याएका थिए । कोठाको ढोकामा चुकुल लगाएर, ढोकानेर हिटर बालेको बेला हिटरबाट ग्यास लिक भएको हुन सक्ने जोशीको अनुमान छ ।

आगलागी हुँदा उनीहरुले हार गुहार गरेका थिए । तर छरछिमेकीहरु चोर आएको होला भनेर झन ढोका थुनेर बसेछन् । निकै बेरपछि सो घरका घरबेटीले प्रहरीलाई खबर गरेको थियो । प्रहरी आएर ढोका खोल्दा तीनै जना बेहोस अवस्थामा थिए ।

अप्सराले बच्चालाई कभर गरेकी थिइन् भने पुष्करले अप्सरालाई कभर गरेका थिए । त्यसैले सबैभन्दा बढी पुष्कर जलेका थिए । उनको हात सबैभन्दा बेसी जलेको थियो । पुष्करले श्रीमती र छोरालाई बचाउँन खोजेका थिए ।

छोरा र श्रीमतीलाई बचाउँन खोज्दा उनी बढी जलेका थिए । पुष्करले श्रीमतीले भन्दा पाँच दिन अगावै यो संसारबाट बिदा लिए । मेडिसिटी अस्पतालको आइसियुमा उपचारकै क्रममा अप्सराले पनि प्राण त्यागिन् ।

अप्सराका आमा बाबु नातीको रेखदेख गर्न भन्दै उनीहरुसँगै बस्दै आएका थिए । तर कुल पूजा गर्ने भन्दै उनीहरु पनि तनहुँ बन्दीपुर गएका थिए । पुष्करमा बृद्ध आमाबाबु महेन्द्रनगरमै बस्दैं आएका थिए । तनहुँकी अप्सरा र बैतडी तथा कञ्चनपुरका पुष्कर ककंकीमा फ्लयाट भाडामा लिएर बस्थे ।

बचाउँन सकिएनः
आगो लागेर गम्भीर घाईते भएका उनीहरुको उपचारको लागि ईन्जिनियरहरुले उल्लेख्य रकम संकलन गरेका थिए । नेपालमा सम्भव नभए एयर एम्बुलेन्समार्फत भारतको मुम्बई लैजान भन्दै २५ लाख रुपैयाँ भन्दा बढी संकलन गरिएको थियो । तर नेपालमै ठिक हुने डाक्टरहरुले बताएपछि उनीहरुलाई भारत लैजाने कार्यक्रम रोकियो ।

उनीहरुको उपचारको लागि भन्दैं नेपाल ईन्जिनियर्स एशोसिएसनले २ लाख, सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) १ लाख ५० हजार गर्दै २५ लाख भन्दा बढी रकम संकलन गरिएको थियो ।

सबै तस्बिरः ईन्जिनियर लव प्रसाद  जोशी

Logo