एक वर्षमा १ सय ३ नेपाली युएईबाट लाश बनेर फर्किए

एक वर्षमा १ सय ३ नेपाली युएईबाट लाश बनेर फर्किए


काठमाडौं । एक वर्षको अवधीमा संयुक्त अरब इमिरेट्स (युएई) मा १ सय ३ नेपालीले ज्यान गुमाएका छन् । रोजगारीको सिलसिलामा युएई पुगेका नेपालीहरुले सन् २०१८ मा विभिन्न कारणले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा ९५ पुरुष र ८ जना महिला रहेका छन् ।

नेपाली राजदूतावास अवुधावीका अनुसार कालगतिबाट ४७ नेपालीले ज्यान गुमाएका छन् । उनीहरुमध्ये ३ जना महिला छन् । त्यस्तै ३३ नेपालीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमध्ये ३ जना महिला रहेका छन् । २ महिलासहित २३ जनाले दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

ज्यान गुमाएकाहरु मध्ये ४ जनाको शव नेपाल ल्याउन बाँकी रहेको दूतावासले जनाएको छ । हर्ट अट्याकका कारण ज्यान गुमाएका सूर्य वि.क, अमृत बहादुर कार्की, सृजना बराल र अशोक भट्टराईको शव नेपाल ल्याउन बाँकी रहेको हो । उनीहरुमध्ये कार्की, बराल र भट्टराईको शव अनुसन्धानको प्रक्रिया जारी रहेकाले नेपाल पठाउन नसकिएको जनाईएको छ ।

Skip This
Logo