पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाएः उपप्रधानमन्त्री

पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाएः उपप्रधानमन्त्री


उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सत्यसँग साईनो नै नभएका समाचार सम्प्रेषण गरेको भन्दै पत्रकारहरुको आलोचना गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले जनतालाई सही सूचना दिने भन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको उल्लेख गर्दै आपत्ति समेत जनाए ।

आईतबार नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्ष बन्ने होडमा जनतालाई गलत सन्देश दिने काम पत्रकारहरुले गर्न नमिल्ने पनि स्पष्ट पारे ।

आफ्ना कमजोरी भए जस्ताकोतस्तै जनतामा लैदिए आफूले पत्रकारहरुलाई सलाम गर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ । उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरुले विषयमा आधारित भएर ठिकलाई ठिक भन्न सकेमात्रै जनताले सही सूचना पाउने र त्यसले राष्ट्रको पनि हित गर्ने स्मरण गराए ।

उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरुले सही सूचना नदिए कतिपय अवस्थामा देशले गम्भिर नोक्सान व्यहोर्नुपर्ने अवस्था आउने तर्क पनि गरे । उनले पत्रकारहरुले सत्ता पक्ष र प्रतिपक्ष भईरहन जरुरी नभएको पनि बताउनु भयो ।

Logo