हृदयघातको खतरा बढ्दैछ, कसरी गर्ने मुटुको रक्षा ? (भिडियोमा)

हृदयघातको खतरा बढ्दैछ, कसरी गर्ने मुटुको रक्षा ? (भिडियोमा)


मुटु हाम्रो शरिरको महत्वपुर्ण अंग हो । यसले हाम्रो शरिरमा रक्तप्रवाह गर्छ । जब रक्तनली भित्र विभिन्न कारणले गर्दा या बोसो जमेर रक्तनली साँघुरो हुन्छ ।

तब मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुको मांसपेसीमा प्रयाप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन । मुटुमा पुरै अक्सिजनको आपुर्ति नभएपछि मुटुको मांसपेसी मर्छ । र मुटु नियमित रक्तसञ्चार गर्न छोड्छ । यस्तो अवस्थालाई हृदयघात भनिन्छ ।

विश्व स्वास्थ्य संगठनको सन् २०१५ को तथ्यांक अनुसार विश्वमा वार्षिक करिब १ करोड ७७ लाख मानिसहरु मुटुको रोगबाट मर्ने गर्छन् । यो मानिसको मृत्युको ३१ प्रतिशत हिस्सा हो ।

पहिले ५० वर्ष भन्दा माथिकोलाई मात्र हृदयघात हुन्थ्यो भने आजको दिनमा बद्लिदो जीवनशैलीको कारणले गर्दा कम उमेरको मानिस पनि यसको शिकार बन्दैछन् । यो रोगको मुख्य कारण तनाव नै हो ।

तनावबाट मुक्ति पाउनको लागि मानिसहरु धुम्रपान, मद्यपान र निद्रा लाग्ने औषधीको सेवन गर्ने गर्छन् । जसले गर्दा विस्तारै मुटुको बिरामी हुुन थाल्छ । यदि तपाई चाहनुहुन्छ यो रोग नलागोस्, यो रोग लाग्नबाट बच्नको लागि भने पहिले देखि नै सर्तकता अपनाउनुपर्छ । यसको लागि सबभन्दा पहिले मुटु स्वस्थ राख्नु नै हो ।

Logo