काठेपुल तर्न जनतालाई १५ रुपैयाँ कर

काठेपुल तर्न जनतालाई १५ रुपैयाँ कर


कैलाली । तपाईले के के को कर तिर्दै आउनुभएको छ ? पानी, विजुली, व्यापार व्यवसाय इत्यादीमा त कर तिरेकैं छौं । हुँदा हुँदा अब काठेपुल तरेको पनि कर तिर्नुपर्ने भएको छ ।

कैलालीको कैलारी गाउँपालिकाका जनताले काठेपुल तरेको पनि कर तिर्नुपर्ने भएको छ । यसअघि कैलालीमै कुखुराका अण्डामा पनि कर लगाईएको विषय सार्वजनिक भएको थियो ।

गाउँपालिकाभित्र पर्ने मोहना नदी तर्न निमुवाबोझी, खोनपुर, गोबरैला र मोहनपुर गरी चार घाटमा गाउँपालिकाले काठेपुल बनाएको छ । ति पुल तर्दा प्रत्येक पटक १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्नेछ । गाउँपालिकाले ठेकेदारलाई राजस्व उठाउने जिम्मा दिएर वार्षिक १५ लाखसम्म उठाउने गरेको छ ।

Logo