निर्मलालाई न्याय माग्दै बालुवाटारमा प्रदर्शन

निर्मलालाई न्याय माग्दै बालुवाटारमा प्रदर्शन


निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरिएको छ ।

विवेकशील साझा पार्टीको नेतृत्वमा शनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रदर्शन गरिएको हो । ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन गृह मन्त्रालय असक्षम भएको दाबी गरे ।

पन्तको बलात्कारपछिको हत्याको ५ महिना वितिसक्दा पनि सरकारले दोषी पक्राउ गर्न सकेको छैन । प्रहरीले अनुसन्धानको नाममा र्निदोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हुँदै आएको छ ।

Logo