‘द भोइस अफ नेपाल सिजन २’ को डिजिटल अडिसन सुरु हुँदै

‘द भोइस अफ नेपाल सिजन २’ को डिजिटल अडिसन सुरु हुँदै


काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘द भोइस अफ नेपालको सिजन २ सुरु हुदैँछ । सांगीतिक कार्यक्रम ‘द भोइस अफ नेपाल सिजन १’ लाई दर्शकहरुले निकै रुचाएसँगै यसको दोस्रो संस्करण पनि आउन लागेको हो ।

अब छिट्टै द भोइस अफ नेपाल सिजन २ को डिजिटल अडिसन सुरु हुने बताईएको छ । रेकर्ड गरेर पठाएको भ्वाइस राम्रो भएमा ब्लाइन्ड अडिसनको लागि बोलाइनेछ ।

देशको दूरदराजमा रहेका तथा विदेशमा बसोबास गर्ने सबै प्रतिभाको सहज पहुँच होस भनेर भ्वास अफ नेपालले डिजिटल अडिसन लिँदै आएको छ । साथै द भ्वाइस अफ नेपालको पहिलो संस्करण पोखराका सिडी विजय अधिकारीले जितेका थिए ।

 

Logo