संघीय संसदको हिउँदे अधिवेशन आज (बुधबार) बाट सुरु हुने भएको छ ।

आजका लागि चारवटा नयाँ विधेयक संसद् सचिवालयमा दर्ता भएका छन् । "/>

संसदको हिउँदे अधिवेशन आजबाट

संसदको हिउँदे अधिवेशन आजबाट


संघीय संसदको हिउँदे अधिवेशन आज (बुधबार) बाट सुरु हुने भएको छ ।

आजका लागि चारवटा नयाँ विधेयक संसद् सचिवालयमा दर्ता भएका छन् । कर्मचारी समायोजन अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पारमाणविक तथा रेडियोधर्मी पदार्थ सुरक्षित एवम् शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न विधेयक संसदमा दर्ता भएका हुन्।

आज पहिलो दिन ४ बजे बस्ने बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा सुनाउने, प्रशासकीय अदालत विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश प्रस्तुत गर्ने तीनवटा विषय छन्।

बैठक सञ्चालनका लागि आवश्यक भौतिक तथा अन्य सबै तयारी पूरा भइसकेको सचिवालयले जनाएको छ ।

Logo