प्रचण्ड भन्छन्, ‘संसारमा जापान जस्तो अरु देश छैन्’

प्रचण्ड भन्छन्, ‘संसारमा जापान जस्तो अरु देश छैन्’


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जापानलाई नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार राष्ट्रको रुपमा चित्रण गरेका छन् ।

अध्यक्ष दाहालले जापानले विनासर्त निःश्वार्थ भावले नेपाललाई ठूलो आर्थिक सहायता उपलब्ध गराउँदै आएको स्मरण गराए ।

सोमबार काठमाडौंमा आयोजित ‘नेपाल–जापान मैत्री सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विना दवाव, सर्तरहित सहायता उपलब्ध गराउने गरेकाले जापानलाई नेपाल राष्ट्र र नेपाली जनताले उच्च सम्मानका साथ हेर्ने गरेको स्पष्ट पारे ।

अध्यक्ष दाहालले शान्ति स्थापना तथा विपद् व्यवस्थापन जस्ता समस्याबाट जुधेर अघि बढेको जापानबाट नेपालले धेरै सिक्न सक्ने उल्लेख गरे ।

उनले गौतम बुद्धको जन्मस्थल नेपाल र बुद्ध धर्मप्रति आस्थावान जापानी जनताबीचको सम्बन्ध भावनात्मक रुपले विशिष्ट ढंगको रहेको बताए ।

Logo