को हुन नायिका गौरी मल्लले यौन शोषणको आरोप लगाएका अनुज शाक्य ? (भिडियोमा)

को हुन नायिका गौरी मल्लले यौन शोषणको आरोप लगाएका अनुज शाक्य ? (भिडियोमा)


काठमाडौं । नायिका गौरी मल्लले केही समयअघि एक जनामाथि सेक्सुअल हेरेसमेन्टको आरोप लगाएकी थिईन् । जापान जाने क्रममा एसिया फ्रेण्डसिप एसोसिएसन जापानका अध्यक्ष तथा हर्स आयलका ब्राण्ड प्रमुख अनुज शाक्यमाथि नायिका मल्लले यौन शोषणको आरोप लगाएकी थिईन् ।

तर शाक्यले आफुले कुनै पनि अमानवीय कार्य नगरेको दावी गरेका छन् । उनले लगाएको आरोप गलत भएको भन्दै कामको शिलसिलामा नायिका मल्लसँग भेट भएको बताए ।

जापानमा उत्पादन गरिएका वस्तुको बजार व्यवस्थापन गर्दै आएको एसिया फ्रेण्डसिप एसोसिएसनले नै मल्ललाई प्रमोशनको लागि लिएको उनको भनाई छ ।

आफु कसैसँग लभ नै गर्नुपरेपनि श्रीमतीको अनुमति लिएर गर्ने भन्दैं उनले मल्लले लगाएको आरोप कुनै कुरा पाउनको लागि भएको हुनसक्ने बताए । थप भिडियोमाः

Logo