केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

सरकारमाथि दोहोरो प्रहारदेखि कर्मचारीको आन्दोलनसम्म

सरकारमाथि दोहोरो प्रहारदेखि कर्मचारीको आन्दोलनसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए। ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

कम्युनिष्टलाई कांग्रेसको प्रहार:- ‘होली वाइन पिउने अनि हामीलाई धर्म सिकाउने ?’

नेपाली कांग्रेसले धर्मका बारेमा आफूहरुलाई नपढाउन कम्युनिष्ट नेताहरुलाई चेतावनी दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् । सनातन धर्म संस्कृति परम्परा विपरित गएर एउटा निश्चित धर्मको प्रचारमा सरकारका संयन्त्र प्रयोग गरेर सनातन धर्मको पक्षमा उभिएको कांग्रेसलाई पाठ पढाउने भन्दै प्रवक्ता शर्माले त्यस्तो नगर्न चेतावनी दिएका हुन् ।

‘एसिया प्यासिफिक सम्मेलनले मुलुकको छवि राम्रो बनायो’

क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सिल पिस फेडेरेशनले आयोजना गरेको एसिया प्यासिफिक समिटबारे चर्को आलोचना भएपछि नेपाल कम्युनिष्ट पार्टीका बरिष्ट नेता माधवकुमार नेपालले स्पष्टिकरण दिएका छन् ।

काठमाडौँमा जारी नेकपाका स्थायी समिति बैठकमा नेताहरुले सम्मेलनमा प्रधानमन्त्रीको उपस्थिति र माधवकुमार नेपालको अध्यक्षतामाथि टिप्पणी गर्दै बिरोध जनाएपछि नेता नेपालले स्पष्टिकरण दिएका हुन् ।

भारतले निर्देशिका फेर्‍यो, अब नेपालले भारतसहित अन्य मुलुकमा विद्युत बेच्न पाउने

भारतले क्रस बोर्डर विद्युत् व्यापार (आयात–निर्यात) निर्देशिकामा परिमार्जन गरेको छ । परिमार्जनसँगै नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको छ । भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाको बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो । ५ डिसेम्बर २०१६ मा भारतले जारी गरेको निर्देशिका परिवर्तनका लागि नेपालले द्विपक्षीय बैठकहरू तथा औपचारिक र अनौपचारिक तहमा आवाज उठाउँदै आएको थियो । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय वर्षमान पुन ‘अनन्त’ को लगातारको प्रयासले सार्थकता पाएको हो ।

नेपाली काङ्ग्रेसको विधानमा सुवर्णको नाम

नेपाली काङ्ग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी काङ्ग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य एवं दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

दाङ बस दुर्घटना: छानबिन गर्न समिति गठन

दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहेका छन् ।

के हो प्रधानमन्त्रीले भनेको बुटिक विमानस्थल ? (भिडियो रिपोर्ट)

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नमुना बुटिक विमानस्थल बनाउने घोषणा गरे । पछिल्लो समय सुधार हुँदैं आएको विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा कार्पेट समेत विछ्याईएको छ । त्यस्तै विमानस्थल सुधारको क्रम जारी छ । प्रधानमन्त्री ओलीले विश्वकै नमुना बुटिक विमानस्थल बनाउने घोषणा गरेपछि यसको चर्चा फेरि चुलिएको छ । थोरै कोठा, परम्परागत शैली र सज्जा भएका होटललाई बुटिक होटलको रूपमा लिने गरिन्छ । तर विमानस्थल बुटिक स्वरूपको बनाउने प्रधानमन्त्रीको घोषणाले सबैको ध्यान तानेको हो ।

सम्पत्ति बीमा निर्देशिका १७ बर्षपछि परिमार्जन

बीमा समितिले १७ बर्षपछि सम्पत्ति बीमा निर्देशिका  परिमार्जन गरेको छ । २०५८ सालको सम्पत्ति बीमा निर्देशिकालाई समय सापेक्ष बनाउनका लागि परिमार्जन गरिएको हो । सम्पत्ति बीमा लेख अन्तरगत सामान्य सम्पत्ति बीमालेख, छोटो अवधिको सम्पत्ति बीमालेख, मूल्यांकित सम्पत्ति बीमालेख, फ्लोटिङ सम्पत्ति बीमालेख, र पुनस्थापना सम्पत्ति बीमालेख पर्छन् ।

अध्यादेशविरुद्ध आन्दोलनमा उत्रन सबै कर्मचारीलाई आह्वान

राष्ट्रिय कर्मचारी महासंघ, नेपालले सरकारले हालै जारी गरेको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ विरुद्ध आन्दोलनमा उत्रन सबै कर्मचारीहरुलाई आह्वान गरेको छ । कर्मचारी समायोजना अध्यादेशप्रति आपत्ति जनाउँदै आएको राष्ट्रिय कर्मचारी महासंघ, नेपालले त्यसको विरोधमा आन्दोलनमा होमिन देशभरका सरकारी तथा गैर सरकारी क्षेत्रका सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको हो ।

गार्मेन्ट उत्पादनमा भन्सार छुट दिन अमेरिकासँग नेपालको आग्रह

सरकारले गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले नेपाली गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिएको जानकारी दिए ।

निर्मला काण्डः १७ प्रहरीको सम्पत्ति विवरणमाथि अनुसन्धान

निर्मला पन्त हत्या प्रकरणमा मुछिएका प्रहरीको सम्पत्ति विवरणमाथि पनि छानविन गरिएको छ । प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिले अनुसन्धानमा संलग्न रहेका १७ जना प्रहरी जवानदेखि प्रहरी अधिकारीसम्मको सम्पत्ति विवरण समेत छानविन गरेको हो ।

हक्कीमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय सहभागितामै कास्य पदक

नेपालको राष्ट्रिय पुरुष हक्की टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै पदक जित्न सफल भएको छ । शनिबार पाकिस्तानको लाहोरमा भएको हक्की शृङ्खलामा नेपालले पहिलो सहभागितामै तेस्रो स्थान हात पार्दै कास्य पदक जित्न सफल भएको प्रशिक्षक रञ्जन थापाले जानकारी दिए ।

दिगम्बर झालाई हटाउन नेकपाका ४३ केन्द्रीय सदस्यको ज्ञापन पत्र

जब माधव नेपाल बोलिरहँदा भीम रावल जुरुक्क उठे…

कांग्रेसको बिधान पारित हुँदै, महासमिति बैठक सकिंदै (प्रस्तावित बिधानसहित)

इन्डोनेसियामा सुनामी आउँदा ४३ को मृत्यु, ५८४ घाइते

निक इलेक्ट्रो टेकमा पुगेपछि के भने कुलमानले ? ( भिडियो सहित)

सिन्धुपाल्चोक केन्द्र भएर विहानै भूकम्पको धक्का

पुस्तक–समीक्षाः ‘चित्रलेखा’, पुस्तकप्रेमीले पढ्नैपर्ने उपन्यास

दाइजोलाई अवैध मान्ने समुदायमै दाइजो प्रथाको विकराल रूप

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

रातो गुलाफका लागि १२ वर्षमा चुम्बन बेचें- शृंखला खतिवडा

करण बम्जनको ‘पिरोमा रै’छ’ सार्वजनिक (भिडियोसहित)

एपिएफद्वारा त्रिभुवन आर्मी क्लब पराजित

फिफा क्लब विश्वकपको उपाधि रियल मड्रिडले जित्यो

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo