पत्र-पत्रिका बाटपर्यटनप्रदेश ३राष्ट्रियसमाचार

वाइडबडी विवाद टुंगिएपछि थप ३ वटा जहाज खरिद गरिने

काठमाडौँ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस ३३० सिरिजको वाइडबडी जहाज खरिद प्रक्रियाको विवाद अन्त्य भएपछि नयाँ खरिद प्रक्रिया अगाडि बढाइने भएको छ । हाल खरिद प्रक्रियाको विषयलाई लिएर संसदीय समितिहरूले छानबिन गरिरहेकोले यसको टुंगो लागेपछि मात्रै निगमको व्यापारिक योजना अनुसार नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाइने भएको हो ।

“छानबिनको टुंगो लागेपछि व्यापारिक योजना अनुसार जहाज खरिद प्रक्रिया अघि बढ्ने छ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भने । निगमसँग भएका जहाजहरूको पूर्ण क्षमतामा उडानसँगै नयाँ गन्वतव्य थपिने र नयाँ जहाज खरिदको प्रक्रिया अगाडि बढ्ने मन्त्री अधिकारीले बताए । जहाज खरिदमा देखिएको भनिएका विषयमा संसदीय समितिहरूले छानबिन गरिरहेकाले छानबिनपछि कोही दोषी देखिए कारबाही गर्नेसमेत मन्त्री अधिकारीले बताए ।

निगम बलियो बनाउनका लागि र पर्यटक भित्र्याउन जहाजको संख्या र गन्तव्य भएकोले सोही अनुसार अगाडि बढ्ने मन्त्री अधिकारीले बताए । निगमको १० वर्षे व्यावसायिक योजनामा २०२० भित्र थप तीन न्यारोबडी जहाज खरिद गर्ने योजना छ । निगमले केही महिना अघि मात्रै तीन थान न्यारोबडी जहाज खरिद गर्ने सञ्चालक समितिले निर्णय गरेको थियो ।
कारोबारबाट

Comment here

CLOSE THIS

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS