निक इलेक्ट्रो टेकमा पुगेपछि के भने कुलमानले ? ( भिडियो सहित)

निक इलेक्ट्रो टेकमा पुगेपछि के भने कुलमानले ? ( भिडियो सहित)


काठमाडौं

‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराको साथ इलेक्ट्रोनिक्स सामानहरुको व्यापारमा सहज र प्रर्वद्धनका लागि भृकुटीमण्डपमा आयोजना गरिएको मेलाको आज तेस्रो दिन हो । नेपाल विद्युत महासंघले आयोजना गरेको ‘निक इलेक्ट्रो टेक–२०१८’ पौष ६ गते देखि पौष १० गतेसम्म पाँच दिन चल्नेछ । विद्युतिय सामग्रीहरुको व्यवसायलाई थप विकास गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागितामा यो मेला विगत १९९६ देखि २–२ वर्षको फरकमा आयोजना हुँदै आएको हो ।

यो मेलाको उद्देश्य भनेको विद्युतिय सामाग्रीहरुको बारेमा एकै छानामुनी धेरै जानकारी लिन कसरी सकिने भन्ने नै हो । मेलामा स्वदेशी तथा विदेशी ब्राण्डहरुको अत्याधुनिक विद्युतिय सामाग्रीहरु प्रदर्शनीमा राखिएका छन् । यहाँ जम्मा ७७ वटा स्टलहरु रहेका छन् । २ दिन सम्ममा मेलामा करिव ४० हजार जनाले अवलोकन गरिसकेका छन् । यसैक्रममा मेलाको आकर्षण हेर्न शनिबार विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङ मेलास्थल भृकुटीमण्डपमा पुगे । उनले त्यहाँको अवलोकन गरेपछि के भने त ? हेरौं भिडियोमा :

Skip This
Logo