ललितपुरले जित्यो ईपीएलको उपाधि

ललितपुरले जित्यो ईपीएलको उपाधि


एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को उपाधि ललितपुरले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो खेलमा बिराटनगर वारियर्ससँग पराजित भएको भैरहवाले बाँकी खेलमा अपराजित रहँदै उपाधि जित्न सफल भएको छ । टस हारेर पहिला ब्याटिङ गरको ललितपुरले १९.१ ओभरमा १५५ रन बनाएको थियो ।

जवाफमा १५६ रनको लक्ष्य पछ्याएको भैरहवाको स्कोर ३५ रन हुँदा पहिलो विकेटको रुपमा भैरहवाले रेनटेन डोट्स्चेलाई गुमाएको हो ।
डोट्स्चेले १० बलमा १४ रन बनाए । उनी प्रदीप ऐरीसँग ओपनिङ गर्न क्रिजमा आएका थिए । डोट्स्चे आउट भएपछि क्रिजमा ऐरी र रविइन्दरसिंह रहेका थिए ।

तर भैरहवाले ४९ रन हुँदा दोस्रो विकेट गुमाएको थियो । प्रदीप ऐरी ३४ रन बनाएर आउट हुँदा ४ चौका र एउटा छक्का प्रहार गरेका थिए । टिमको स्कोर ७२ रन हुँदा तेस्रो विकेटको रुपमा आरिफ शेख १२ रनमा पेभेलियन फर्किएका थिए ।

चौथो विकेटका रुपमा रविइन्दर सिंह व्यक्तिगत २९ रन जोडेर आउट भए । चौथो विकेट गुमाउँदा भैरहवाको स्कोरबोर्डमा १०४ रन रहेको थियो । पाँचौ विकेटको रुपमा कप्तान शरद भेषावकर पेभेलिएन फर्किएका थिए । १२ बलमा १४ रन जोड्दा शरदले एउटा छक्का प्रहार गरे । शरद लगत्तै मोहम्मद नाभिद पनि सन्दिप जोराको बलमा आउट भए । नाभिदले १० रन बनाए । छैटौ विकेट गुमाउँदा भैरहवाले ११७ रन बनाएको थियो ।

सातौं विकेटको रुपमा १३९ रन हुँदा रोहित पौडेल ७ रन बनाएर आउट भएका थिए । त्यसपछि कुशल मल्ल १६ रन जोड्दै आठौं विकेटको रुपमा आउट भए । त्यसपछि भुवन कार्की पनि रन आउट हुँदा भैरहवाको स्कोर ९ विकेटको क्षतिमा १४० थियो । कृष्ण कार्की र अभिनास बोहरा अन्तिमसम्म खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् ।  ललितपुरका ललित नारायण राजबंशीले ३, पवन शर्राफ र योगेन्द्र कार्कीले दुई दुई विकेट लिए ।

Logo