बर्षमान पुनले एक घण्टामा ७७ वटा स्टल चाहारेपछि ( भिडियो सहित )

बर्षमान पुनले एक घण्टामा ७७ वटा स्टल चाहारेपछि ( भिडियो सहित )


काठमाडौँ

राजधानीको भृकुटी मण्डपमा नीक इलोक्ट्रो टेक २०१८ (विद्युतीय सामाग्रीहरुको मेला ) को शुक्रबार भब्यरुपमा शुभारम्भ भएको छ । अन्तर्राष्ट्रियस्तरको विद्युतीय सामाग्रीहरुको प्रदर्शनीको शुभारम्भ उर्जामन्त्री बर्षमान पुनले गर्नुभएको भएको हो ।

मेलामा स्वदेशी तथा मल्टिनेसनल कम्पनीहरुको विद्युतीय उत्पादनहरु ७७ वटा आकर्षक स्टल मार्फत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीको पहिलो दिन नै उल्लेखनीय रुपमा अवलोकनकर्ताहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ ।

मेला उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा उर्जामन्त्री बर्षमान पुनले मेला सफलताको लागी शुभकामना दिँदै स्थिर सरकारले उर्जाको माध्यमवाट देशलाई समृद्ध बनाइ छोड्ने वताउनु भयो । आउँदा बर्षहरुमा सरकारले यस मेलालाई सहयोग गर्ने पनि उहाँले वचनबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्वदेशी उद्योगको विकासविना देश समृद्ध नहुने वताउँदै सरकारले विद्युतीय उत्पादनमा गम्भीर हुन सुझाव दिनुभयो ।

त्यसैगरी उद्घाटन समारोहमा नेपाल च्याम्बर अफ कमर्शका कार्यबाहाक अध्यक्ष राजेन्द्र मल्लले विद्युतीय सामाग्री उत्पादनको वातावरण मिलाउन सरकारसँग माग गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा मेलाको टाइटल स्पोन्सर नीकका प्रबन्ध निर्देशक कुश कुमार जोशीले स्वदेशी उत्पादनलाई महत्व दिन सरकारलाई आग्रह गर्दै त्यस अनुसारको गुणस्तर दिन आफूहरु तयार रहेको वताउनु भयो ।

त्यसैगरी नेपाल विद्युतीय ब्यवसायी महासंघका प्रथम उपाध्यक्ष तथा मेलाका संयोजक सुदर्शन प्रसाद पौडेलले उपस्थित सवैलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभयो । उहाँले विद्युतीय ब्यवसाय क्षेत्रका यावत यथार्थलाई क्रमबद्ध र डाटामा प्रस्तुत गर्दै सरकारलाई यसतर्फ आकर्षण बढाउन आग्रह गर्नुभयो ।

मेला आयोजक महासंघका अध्यक्ष तेज नारायण खरेलले उपस्थित सवैमा धन्यबाद ज्ञापन गर्दै मेलाको औचित्य पुष्टि गर्नुभयो । कार्यक्रममा उद्योग बाणिज्य क्षेत्रका धेरैजना सिद्धहस्त ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

संसारमा विद्युतीय सामाग्रीहरुको नवीनतम उपहार के हो ? अर्थात विद्युतीय सामाग्रीहरुको उत्पादनमा संसारले कस्तो फड्को मारेको छ ? लगायतका प्रश्नहरुको जवाफ यस मेलाले दिने र जिज्ञासु, इन्जिनियरिङका विद्यार्थी र आम उपभोक्ताहरुका लागी यो मेला फलदायी हुने आयोजकको विश्वास छ । शुक्रबार देखि सुरु भएको मेला १० गते सम्म चल्ने र १ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । हेरौं भिडियोमा :

Logo