ट्रम्पसँग रुष्ट हुँदैं अमेरिकी रक्षा मन्त्रीद्वारा राजीनामा

ट्रम्पसँग रुष्ट हुँदैं अमेरिकी रक्षा मन्त्रीद्वारा राजीनामा


काठमाडौं । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अकस्मात राजीना दिएका हुन् ।

सिरियामा तैनाथ करिब २ हजार सैनिकलाई फर्काउन नहुने पक्षमा उभिएका उनी राष्ट्रपति ट्रम्पले त्यहाँ आईएस परास्त भएको भन्दै सैनिक फिर्ता थाल्ने घोषणा गरेका थिए । लगत्तै ट्रम्पसँग रुष्ट बनेका म्याटिसले पदबाट राजीनामा दिएका हुन् ।

म्याटिसले बुझाएको राजीनामा पत्रमा विचार मिल्ने क्षमतावान व्यक्तिलाई रक्षा मन्त्री बनाउने अधिकार राष्ट्रपतिसँग रहेको उल्लेख गरेका छन् ।

ट्रम्पले सम्मानका साथ जिम्मेवारीबाट अवकास हुन लागेको भन्दै ट्वीटरमार्फत् उनलाई धन्यवादसमेत दिएका छन् । ‘मित्र शक्ति र अन्य देशहरुको सैन्य दायित्व निर्वाह गर्न गरेको सहयोगप्रति म धन्यवाद दिन चाहन्छु’, ट्रम्पले ट्वीट गरेका छन् ।

Logo