आज देखि नवौं निक इलेक्ट्रो टेक–२०१८ शुरु हुँदै ( भिडियो सहित )

आज देखि नवौं निक इलेक्ट्रो टेक–२०१८ शुरु हुँदै ( भिडियो सहित )


काठमाडौं

नेपाल विद्युत महासंघको आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नवौं निक इलेक्ट्रो टेक–२०१८’ हुँदैछ ।

मेला पुस १० गतेसम्म चल्नेछ । यो मेलामा स्वदेशी तथा मल्टिनेसनल कम्पनीहरुको विद्युतीय साम्रागीहरु प्रदर्शनीमा राखिनेछन् । इलेक्ट्रो टेक मेला हरेक दुई–दुई वर्षमा आयोजना भईरहेको छ । मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मल्टिनेशनल कम्पनी र यसका ब्रान्डहरु पनि यो प्रदर्शनीमा रहनेछ । नेपाली उत्पादनहरुमा ट्रान्सर्फमर, तार, केबुल आदि रहनेछन् । साथै आयात भएका वस्तुहरु पनि समावेश गरिने बताइएको छ । यो मेलाको मुख्य उद्देश्य भनेको हरेक २–२ वर्षको अवधिमा हुने गरेको विद्युतीय सामाग्रीमा के–के नयाँ उपलब्धिहरु भए, एनर्जी इफिसिएन्सी सामाग्रीमा कति अगाडि बढ्यो भन्ने नै हो ।

५ दिन सम्म चल्ने निक इलेक्ट्रो टेक २०१८ पहिलो दिन आज प्रमुख अतिथी उर्जा मन्त्री वर्षमान पुनले उद्घाटन गर्ने कार्यक्रम छ । राउण्ड टेबुलमा कसले के भने ? हेरौं भिडियोमा :

Logo