जब बाराक ओबामा धोक्रो बोकेर अस्पताल पुगे…

जब बाराक ओबामा धोक्रो बोकेर अस्पताल पुगे…


एजेन्सी । यतिबेला अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवाम चर्चामा आएका छन् । नेपालका राष्ट्रपति, प्रधानमन्त्री लगायत सुविधाभोगी भईरहेको आरोप लागिरहेका बेला ओबामा भने धोक्रो बोकेर अस्पताल पुगेका हुन् ।

ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका हुन् । सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल आएका ओबामालाई देखेर धेरै व्यक्ति आश्चर्यमा परेका थिए ।

उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिचाएका थिए । आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिएका छन् । अस्पतालमा ९० मिनेट बिताएका उनले चिकित्सक तथा नर्ससँग भलाकुसारी समेत गरेका थिए ।

बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । उनले आफ्नो पदको दुरुपयोग गर्दै रवाफ देखाउने भीभीआईपीहरुलाई गतिलो दनक दिएका छन् ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको लागि भन्दै १ अर्ब ५० करोडमा नयाँ हेलिकोप्टर किनिएको छ । त्यस्तै सवारीको लागी भन्दै १४ करोडको गाडी माग गरिएको छ ।

यस्तो अवस्थामा शक्तिशाली राष्ट्रका पूर्व राष्ट्रपतिबाट केही सिक्न आग्रह गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ओबामालाई हेरेर पनि आफ्नो शैलीमा परिवर्तन ल्याउन राष्ट्रपतिसँग आग्रह गरेका हुन् ।

Logo