नेपालमा भारु प्रतिबन्धपछि भारतमा तहल्का, मोदीमाथि खनिए कांग्रेस नेता

नेपालमा भारु प्रतिबन्धपछि भारतमा तहल्का, मोदीमाथि खनिए कांग्रेस नेता


काठमाडौं । नेपाल सरकारले भारु नोटमा प्रतिबन्द लगाएपछि भारतमा तहल्का मच्चिएको छ । पाँच सय, एक हजार र दुई हजार भारुमा प्रतिबन्द लाग्दै आएको अब २ सय दरका भारुमा पनि प्रतिबन्द लागेको छ ।

जसले गर्दा भारतीय सरकारको चर्को आलोचना सुरु भएको छ । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस (आइ) ले नरेन्द्र मोदी सरकारको कडा आलोचना गरेको छ ।

मोदी सरकारको दम्भका कारण नेपालमा भारुमाथि प्रतिबन्द लागेको भन्दै कांग्रेस नेता तथा पूर्व संघीयमन्त्री सकील अहमदले नेपाल सरकारसँग तत्काल वार्ता गर्नुपर्ने धारणा राखेका हुन् ।

मोदी नेतृत्वको भारतीय सरकारको दम्भका कारण भारतीय नोट नेपालमा नचल्ने अवस्था आएको भन्दै समस्या समाधानका लागि तत्काल नेपालसँग वार्ता गर्न आग्रह गरेका हुन् ।

पूर्वमन्त्री अहमदले नेपालसँगको भारतको सम्बन्ध अपरिपक्वता र कुटनीतिमा कमजोर समझदारीका कारण यो अवस्था आएको आरोप लगाउँदै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा गरिएको सम्बोधनका कारण सम्बन्धमा तनाव आएको उनको दावी छ ।

प्रधानमन्त्री मोदीले जनकपुर भ्रमण गर्नुअघि भारतका विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्रीले जनकपुरमा रहेका भारतीयहरुलाई सम्बोधन गर्न लागेको भनेर मन्तव्य दिएको जनाउँदै भारतका पूर्वमन्त्री अहमदले त्यसो भनेर विदेशमन्त्रीले नेपालका जनतालाई पीडा दिएको बताए ।

‘‘इतिहासमा नेपाल कहिले पनि भारतको भूभाग थिएन । मधेशीहरु जातीय हिसाबले हामीसँग मिल्दोजुल्दो हुन सक्छन् । तर उनीहरु नेपाली जनता नै हुन्,” उनले भने ।

मोदी सरकारका त्यस्ता क्रियाकलापले नै भुटान र नेपालमा मात्रै भारतीय मुद्रा प्रचलनमा रहेकोमा अहिले नेपालले ठूला नोटमा रोक लगाएको जनाएका छन् । यसले सीमा क्षेत्रका लाखौं मानिस प्रभावित हुने अवस्था आएको बताउँदै यस खालको अवस्था आएकोमा तत्काल नेपाल सरकारसँग कुरा गर्न मोदी सरकारलाई आग्रह गरेका हुन् ।

Logo