टेलिकमलाई देशैभर फोर जी सेवा विस्तार गर्न निर्देशन

टेलिकमलाई देशैभर फोर जी सेवा विस्तार गर्न निर्देशन


काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमलाई देशैभर फोर जी सेवा विस्तार गर्न निर्देशन दिएको छ । यसअघि काठमाडौं उपत्यका र पोखरामा मात्र सञ्चालनमा रहेको फोज जी सेवा अब मुलुकभर सञ्चालन गर्न लागिएको हो । २२ कात्तिक २०७४ मा मुलुकभर सेवा विस्तारका लागि टेण्डर आह्वान गरिएकोमा टेण्डर मूल्यांकनकै क्रममा अख्तियारले टेण्डरका फाइल नियन्त्रणमा लिएर दश महिनापछि काम अघि बढाउन निर्देशन दिएको हो ।

अख्तियारले फाइलहरुको अनुसन्धान पूरा गरी फोज जी सेवा देशभर विस्तार गर्नु भन्ने निर्देशनसहित फाइलहरु संचार मन्त्रालयमा पठाएकाले नेपाल टेलिकम ढिलै भएपनि सेवा विस्तारको अन्तिम चरणमा पुगेको हो ।

२२ कात्तिक २०७४ मा टेण्डर गर्दा फोरजी्ए लटीइ कोर नेटवर्क र रेडियो एक्सिस नेटवर्क (आरएएन) शीर्षकमा भएको ठेक्का आव्हानमा चीनको जेडटिइ कम्पनिले ‘कोर’ शीर्षकमा सबैभन्दा कम ‘विडिङ’ गरेको थियो । उसले कोर शीर्षकका लागि करिब १ अर्ब ५६ करोड ७३ लाख प्रस्ताव गरेको छ । सो रकम उसको अनुमान लागतभन्दा करीब ५९.६१ प्रतिशत कम हो ।

नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी एनसेलले नेपाल टेलिकमले भन्दा ६ महिना पछाडि फोरजी सेवा विस्तारको काम शुरु गरेको थियो । अहिले उसको फोरजी सेवा देशका मुख्य शहरमा विस्तार भईसकेको छ । तर नेपाल टेलिकमले काठमाडौं उपत्यका र पोखराका भन्दा अन्यत्र सेवा विस्तार गर्न सकेको छैन जसबाट उसको व्यापारमा समेत नकारात्मक असर परेको छ ।

त्यसो त नेपाल टेलिकमको जिएसएम सेवामा पनि पटकपटक समस्या आउने गरेको छ । खाशगरी जेटइको स्वीचिङ राउटरमा समस्या आउँदा कल ड्रपको समस्या दोहोरिने गरेको छ ।
राजधानीबाट

Logo