संखुवासभा बिटिएफसी कपको सेकेण्ड राउण्डमा प्रवेश, तेह्रथुम ३–२ ले पराजित

संखुवासभा बिटिएफसी कपको सेकेण्ड राउण्डमा प्रवेश, तेह्रथुम ३–२ ले पराजित


संखुवासभा भागिमान सिंह तुम्बाहाम्पे बिटिएफसी कपको सेकेण्ड राउण्डमा प्रवेश गरेको छ । तेह्रथुमलाई ३–२ गोलले हराउँदैं च्याम्पियनसिपको सेकेण्ड राउण्डमा प्रवेश गरेको हो ।

संखुवासभाको लागि सन्तोष लिम्बुले ६ र बिमल गुरुङले १६ मिनेटमा गोल गरेका थिए । त्यसको बदलमा जोयल लिम्बुले ४१ र ४८ औं मिनेटमा जवाफी गोल फर्काए । ७३ औं मिनेटमा दिपक चौहानले गोल गर्दै संखुवासभालाई सेकेण्ड राउण्डमा प्रवेश गराए ।

भागिमान सिंह तुम्बाहाम्पे मेमोरियल ट्रस्टले आयोजना गरेको प्रतियोगितामा विजेताले नगद २ लाख १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यो खेलमा १० वटा टिम ले सहभागी हुनेछन् ।

Logo