फेरि मार्च २९ र ३० मा लगानी सम्मेलन गर्दै सरकार

फेरि मार्च २९ र ३० मा लगानी सम्मेलन गर्दै सरकार


काठमाडौं । सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ । यसअघि सन् २०१७ मा लगानी सम्मेलन गरिएको थियो । जसमा भारतलगायत विभिन्न मुलुकले १३ अर्ब ७४ करोड अमेरिकी डलर बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका थिए। यद्दपी प्रतिवद्धता अनुरुपको लगानी आउन सकेको छैन् ।

सम्मेलन आगामी मार्च २९ र ३० मा गर्नेगरी सरकारले तयारी थालेको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

बोर्ड अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन आयोजनाका लागि अर्थमन्त्री युवराज खतिवडा संयोजकत्वमा ११ सदस्यीय लगानी परामर्श समिति गठन गरेको थियो।

Logo