कांग्रेस महासमिति बैठकको बन्द सत्र सुरु

कांग्रेस महासमिति बैठकको बन्द सत्र सुरु


काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्र सुरु भएको छ । शनिबारबाट काठमाडौंमा सुरुभएको महासमितिमा आइतबार आजबाट बन्दसत्र चलेको हो ।

बन्द सत्रमा महामन्त्री डा. शशांक कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् । तीन वटै प्रस्तावमाथिको छलफल सुरु भएको छ।

प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ ।

बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ६ सय भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गतेसम्म् चल्नेछ ।

Logo