सिण्डीकेट अन्त्यकोे समयसिमा फागुन मसान्त सम्म थपियो

सिण्डीकेट अन्त्यकोे समयसिमा फागुन मसान्त सम्म थपियो


काठमाडौँ

यातायात व्यवसायीको माग अनुसार सरकारले व्यवसायीलाई कम्पनीमा जान थप तीन महिना समय दिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजकत्वको बैठकले व्यवसायीले फागुन मसान्तसम्मको समय दिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

गृहमन्त्री बादल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहितको बैठकले म्याद थप गर्ने निर्णय गरेको पत्र यातायात व्यवस्था विभागमा पठाएको हो ।

यातायात समितिलाई कम्पनीमा जान केही कानुन संशोधन गर्नुपर्ने आवश्यकता देखिएको भन्दै यातायात व्यवसायीले सरकारसँग पञ्जीकरणका लागि थप समय मागेका थिए । सोही माग अनुसार गृहमन्त्रीको संयोजकत्वमा बसेको बैठकले यो निर्णय गरेको हो ।

‘कम्पनीमा दर्ता गर्न कम्पनी ऐन, २०६३ को दफा ९ मा रहेको प्रावधानमा केही संशोधन गर्न आवश्यक देखिएको र संशोधनका लागि केही समय लाग्ने भएकाले साविकका समिति अन्तर्गत सञ्चालनमा रहेका यातायात सेवालाई अनिवार्य रुपमा कम्पनीमा दर्ता गरी आफ्नो यातायात सेवा पञ्जीकरण गरिसक्नुपर्ने म्याद २०७५ फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’, विभागले शनिबार सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

देशभर सञ्चालनमा रहेका चार लाख सवारी साधनमध्ये अहिलेसम्म करिब नौ हजार मात्र कम्पनीमा आएका छन्। ति मध्ये पनि ६ हजार मात्रै यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका छन् ।
अन्नपूर्णबाट

Logo