केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

कांग्रेसको आक्रोशदेखि बामदेवको काउन्टरसम्म

कांग्रेसको आक्रोशदेखि बामदेवको काउन्टरसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

नेकपाको स्थायी समितिमा बामदेवको छुट्टै प्रतिवेदन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा अध्यक्षद्वयले २२ पेज लामो प्रतिबेदन पेश गरेका हुन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएकोजानकारी दिए । सो प्रतिवेदनको अध्ययन गर्न सदस्यहरुलाई वितरण गरिएको छ । सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने क्रम सुरु हुने बताइएको छ ।

कांग्रेसको महासमिति बैठकमा कसले के भने ?

नेपाली काङ्ग्रेसको महासमिति बैठक आजदेखि शुरु भएको छ । सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेका हुन् । सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाइएको महासमिति बैठकमा एक हजार ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन मञ्चको अग्रभागमा अग्रज स्वर्गीय नेताहरु बिपी कोइराला, सुवर्णशम्शेर जबरा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्वीर राखिएको छ ।

नेपालबाट हराएको ३३ किलो सुन भारतमा बरामद !

भारतको कलकत्तामा ३३ किलो सुन बरामद भएको छ। सुन सहित हेमप्रसाद शर्मा र राकेश प्रसाद नाम भएका दुई जना पनि पक्राउ परेका छन्। उनीहरुको स्थायी घर धरान र इटहरी भएको बुझिएको छ । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि ३३ किलो सुन हराएको थियो। सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले कलकत्ता प्रहरीले बरामद गरेको सुन नेपालबाटै हराएको सुन हुन् सक्ने अनुमान गरेका छन्।

ईपीएल: काठमाडौं प्लेअफमा प्रवेश

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को जारी खेलमा काठमाडौं किग्स इलाभेन प्लेअफमा पुगेको छ । आज शनिबार भएको खेलमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौं प्ले अफमा पुगेको हो ।

ए डिभिजन लिग: च्यासको चौथो जित

पल्सर सहिद स्मारक ए डिभिजन लिगमा च्यासले युथ क्लवले चौथो जित दर्ता गरेको छ । हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा च्यासलले ब्रिगेड ब्याइजलाई दुई शुन्य गोलले हराएको हो ।

भारत प्रशासित काश्मिरमा भीडन्त

श्रीलङ्काले बिश्वलाई दिन खोजेको नयाँ सन्देश

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo