नेकपाको स्थायी समितिमा बामदेवको छुट्टै प्रतिवेदन

नेकपाको स्थायी समितिमा बामदेवको छुट्टै प्रतिवेदन


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा अध्यक्षद्वयले २२ पेज लामो प्रतिबेदन पेश गरेका हुन्। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएकोजानकारी दिए ।  सो प्रतिवेदनको अध्ययन गर्न सदस्यहरुलाई वितरण गरिएको छ । सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने क्रम सुरु हुने बताइएको छ ।

यसैबीच आजको बैठकमा नेता वामदेव गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन् ।   उनले १६ पेज लामो छुट्टै प्रतिवेदन पेश गरेका हुन्।  उक्त प्रतिवेदन पनि सदस्यहरुलाई वितरण गरिएको छ ।

Logo