जाडो सिजनका ४ खानेकुरा जसले क्यान्सर रोक्छ

जाडो सिजनका ४ खानेकुरा जसले क्यान्सर रोक्छ


हामी जस्तो खान्छौ त्यस्तै बन्छौ । राम्रो खाना खायौ भने स्वस्थ हुन्छौ,  नराम्रो खाना खायौ भने विभिन्न रोगको शिकार बन्न पुग्छौ ।

क्यान्सर जस्तो रोग पनि खानेकुराको सन्तुलनले नियन्त्रणमा ल्याउन सकिन्छ ।

१.  ब्रोकाउली

ब्रोकाउलीले क्यान्सरबाट बचाउन मद्दत गर्छ । ब्रोकाउलीमा फिटाकेमिकल्स अधिक मात्रामा हुन्छ । जब यसलाई चपाइन्छ, यसमा भएको इन्जाइम शरिरको सिस्टमको हिस्सा बन्छ । यो हर्मोनले क्यान्सरबाट बचाउछ । मानव शरिरले पनि यो हार्मोन निर्माण गर्छ तर ब्रोकाउलीले  खाएपछि मात्रै त्यो हार्मोन सक्रिय हुन्छ ।

धेरै शोधले यो कुरालाई सावित गरिसकेको छ । ब्रोकाउलीले शरिरमा क्यान्सरको कोशिकाको निर्माण हुनबाट रोक्छ । ब्रोकाउलीमा भएको तत्व शरिरको डिटक्सीफाई हुनमा सहयोग गर्छ । यसले शरिरबाट विषालु पदार्थ बाहिर निस्कन्छ । यसबाट हामी घातक क्टेरीयाबाट बच्न सकिन्छ ।

२. लसुन

यदि तपाईलाइ लसुनको गन्ध मन नपरोस्  तर क्यान्सरबाट बचाउनको लागि यो एकदमै उपयोगी हुन्छ । पहिलेदेखि नै क्यान्सर भएमा पनि लसुनको प्रयोग गर्नुपर्छ । लसुनको सेवन गर्नाले क्यान्सरको कोशिका छिट्टै नष्ट हुन्छ र डिएनए पनि छिट्टै ‘रिपेयर’ हुन्छ । लसुनमा एच. पाइलोरी सहित ब्याक्टेरियासँग लड्ने एन्टीअक्सिडेन्ट गुण हुन्छ । जुन अल्सर र पेटको क्यान्सरको हुनबाट बचाउछ ।

३. अदुवा

अदुवामा पाइने एन्टी अक्सिडेन्टसले क्यान्सरको सेल्ससँग लड्न मद्दत गर्छ । नियमित रुपमा अदुवा खाएमा क्यान्सर हुने सम्भावना निकै हदसम्म कम गर्छ । यसको साथै अदुवाले कोलेस्ट्रोलको स्तर पनि कम गर्छ । यसले रगतको क्लट जम्नबाट पनि रोक्छ । यसमा एन्टी फंगल र क्यान्सरको प्रतिरोधी गुण पनि पाइन्छ ।

४.  गाजर

गाजर स्वादको हिसावले पनि निकै मिठो हुन्छ । त्यसको साथै स्वास्थ्य गुण भएको सब्जी हो । यसको सेवनले क्यान्सरबाट बच्न सहयोग गर्छ । गाजरमा रोगसँग लड्न सक्ने पोषक तत्व र एन्टीअक्सिडेन्ट जस्ता बीटा क्यारोटिन आदि प्रचुर मात्रामा पाइन्छ । जसले कोशिका झिल्लीको क्षतिग्रस्त हुनबाट रक्षा गर्छ र क्यान्सर कोशिकाहरुको विकासको गतिको कम गर्छ । यस सन्दर्भमा न्युक्यान्सल युनिभर्सिटि र युनिभर्सिटि अफ साउर्दन डेनमार्कको वैज्ञानिकहरुको शोधमा गाजरमा जीवाणुनाशक फ्यालक्यारिनाल पाइन्छ, जो मानवको लागि लाभदायक मानिन्छ । शोधकर्ताको अनुसार फ्यालक्यारिनाल क्यान्सरको आशंकाको ३३ प्रतिशतसम्म कम गर्नमा सहयोग गर्छ ।

५. पौष्टिक सब्जी

जाडोको मौसम छ । बजारमा पौष्टिक सब्जीहरु निस्कन थालिसकेको छ । यस्ता सब्जीहरुले हाम्रो स्वास्थ्यलाई फाइदामात्र गर्दैन, धेरै प्रकारको रोग लाग्नबाट पनि बचाउछ । केहि खाना यस्तो छ जसको हामीले नियमित आहारमा सामिल गर्यौ भने क्यान्सर जस्तो ज्यानमारा रोगबाट पनि बच्न सक्छौ ।

प्रकृतिले हामीलाई सबै कुरा मिलाएर दिएको छ । कुन सिजनमा हामीलाई कस्तो खानाको आवश्यकता पर्छ त्यस्तै खाना त्यो सिजनमा पाइन्छ । त्यसैले सिजनमा पाइने खानेकुराको मात्र सेवन गरौ भरसक बेमौसमी तरकारी फलफुलहरुको सेवन नगरौ ।

Skip This
Logo