ए डिभिजन लिग: च्यासको चौथो जित

ए डिभिजन लिग: च्यासको चौथो जित


पल्सर सहिद स्मारक ए डिभिजन लिगमा च्यासले युथ क्लवले चौथो जित दर्ता गरेको छ । हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा च्यासलले ब्रिगेड ब्याइजलाई दुई शुन्य गोलले हराएको हो  ।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।  तर दोस्रो हाफमा उसले दुई गोल गर्यो । ६५ औं मिनेटमा सन्तबहादुर गुरुङको गोल मार्फत च्यासलले अग्रता बनायो । त्यसपछि ८१ औं मिनेटमा सञ्जोक राईले गोल गरे ।

८६ औं मिनेटमा रेफ्रिसँग विवाद गरेपछि सन्तोष साउखललाई रातो कार्ड दिइयो । जसका कारण च्यासल १० खेलाडीमा सिमित भए ब्रिगेड ब्याइजले फाइदा  उठाउन सकेन । जितसँगै च्यासलले आठ खेलबाट १३ अंकसहित लिगको ११ औं स्थानमा उक्लिएको छ ।

Logo