चलचित्र ‘शुभलभ’को पोस्टर सार्वजनिक

चलचित्र ‘शुभलभ’को पोस्टर सार्वजनिक


काठमाडौं । चलचित्र ‘शुभलभ’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेललाई प्रस्तुत गरिएको छ ।

युवा ज्योतिषी हरिहर अधिकारी र कृष्टिन पौडेलले यसै चलचित्रबाट अभिनयमा डेव्यु गरेका हुन । पोस्टरमा उनीहरुको रोमान्टिक मुडलाई क्याप्चर गरिएको छ ।

चलचित्रमा यि दुईका अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् भने धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व र बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदैंछ ।

Logo