कार्यालय सहयोगीबाट गाउँपालिका अध्यक्षमाथि कुटपिट

कार्यालय सहयोगीबाट गाउँपालिका अध्यक्षमाथि कुटपिट


रुकुम

पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीलाई वडा कार्यायलका कार्यालय सहयोगीले नै कुटपिट गरेको खुलेको छ । अध्यक्ष केसीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ७ जना मध्ये तीन जना घटनामा सम्लग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन मध्ये एक जना बाँफिकोट गाउँपालिका–४ का कार्यालय सहयोगी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख सुमीत खड्काले जानकारी दिए । अनुसन्धानका क्रममा कार्यालय सहयोगी १९ वर्षीय रेमन विकको सम्लग्नता भेटिएको उनले बताए ।

अध्यक्षमाथि कुटपिट गर्ने मुख्य अभियुक्त बाँफिकोट गाउँपालिका–४ का १८ वर्षीय चम्मन विक रहेको डिएसपी खड्काले बताए । त्यस्तै १७ वर्षीय रामबहादुर विकको पनि घटनामा संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

घटनामा कुनै सम्लग्नता नदेखिएपछि पक्राउ परेका अन्य ४ जनालाई भने परिवारको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ । तीन जना विरुद्धमा बिहीबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिने भएको छ । गाउँपालिका अध्यक्ष केसीमाथि मंगलबार राति कुटपिट भएको थियो ।

मदिरा सेवन गरेर होहल्ला गरी आफ्नो घरका भाँडाकुँडा तोडफोड गर्न थालेपछि ‘यसो नगर’ भनि सम्झाउँन खोज्दा युवकहरुको समूहले अध्यक्षमाथि कुटपिट गरेको प्रहरीले बताएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Logo