मोदी आउँदा विरोध गरेको भन्दै फणीन्द्र नेपाललाई १ हजार रुपैयाँ जरिवाना

मोदी आउँदा विरोध गरेको भन्दै फणीन्द्र नेपाललाई १ हजार रुपैयाँ जरिवाना


काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई १ हजार रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर २३ गते सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको भन्दै १ हजार रुपैयाँ जरिवाना गरेको हो ।

प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको एकल ईजलासले उक्त सजाय तोकेको हो । नेपाललाई बिम्स्टेक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएकै दिन गत भदौ १४ गते बिहान ८ः१५ बजे चाबहिलस्थित निजकै निवासबाट बाहिर निस्कनासाथ सादा पोसाकका प्रहरीले पक्राउ गरी ६ दिन गौशाला प्रहरीवृत्तको हिरासतमा राखिएको थियो ।

Logo