सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबमा जारी मोबाइल एक्सचेञ्ज मेलामा अबलोकनकर्ताहरुको आकर्षण बढेको छ । "/>

सिटीसी मलको मोबाइल मेलामा अबलोकनकर्ताको भीड

सिटीसी मलको मोबाइल मेलामा अबलोकनकर्ताको भीड


सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबमा जारी मोबाइल एक्सचेञ्ज मेलामा अबलोकनकर्ताहरुको आकर्षण बढेको छ ।  गत मंसिर २० गतेदेखि सञ्चालन भैरहेको मेलामा ल्यापटप, क्यामेरा लगायतको ग्याजेट्सहरु सुपथ मूल्यमा किस्ताबन्दीमा उपलब्ध गराइएको छ ।

९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने मोबाइल मेलामा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ । मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने अफरले पनि मेलाको आकर्षण बढाएको हो ।

मेलामा जस्तोसुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ ।  सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा उपलब्ध हुने जानकारी दिए।

त्यस्तै ६० मिनेटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि मेलामा पाइने छ । निशुल्क पार्किगंको व्यवस्था गरेको मोबाइल हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्नेछ ।

मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् । मेलामा सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई , डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण हुन् ।

मेला १५ दिनसम्म चल्ने जनाएको छ ।

Logo