मृत्यु भएका वैज्ञानिकको दिमाग पछि प्रयोग गर्ने भन्दै फ्रिजमा राखियो

मृत्यु भएका वैज्ञानिकको दिमाग पछि प्रयोग गर्ने भन्दै फ्रिजमा राखियो


एजेन्सी । एक रुसी वैज्ञानिकको हार्ट अट्याकबाट मृत्यु भएको छ । मानिसलाई पुनर्जीवनको आशा दिलाउने रुसी वैज्ञानिक डा. युरी पिचुगिनको मृत्यु भएको हो ।

हार्ट अट्याकबाट मृत्यु भएका युरीको दिमाग फ्रिजमा राखिएको छ । उनको दिमाग पछि पनि प्रयोग गर्ने भन्दै माइनस १९६ डिग्री सेल्सियस तापक्रममा राखिएको हो ।

६७ वर्षका डा. युरीले फ्रैंकेस्टाइन प्रविधिको खोजी गरेका थिए । यसको माध्यमबाट मानिसको दिमागलाई खास रसायनमा राखेर फ्रिज गरिन्छ । यसलाई क्रायो-प्रिजर्वेशन भनिन्छ । वैज्ञानिकहरुका अनुसार यस्तो दिमागलाई दोस्रोपटक प्रयोग गर्न सकिन्छ ।

रुसको क्रायोरस कम्पनीले डा. युरीको दिमागको क्रायो प्रिजर्वेशन गरेको हो । यसलाई मस्कोको वेयरहाउसमा संरक्षण गरेर राखिएको छ । क्यानडामा बस्दै आएका उनको छोराले डा. युरीको दिमागलाई फ्रिजमा राख्न अनुमति दिएका थिए ।

Logo