सरकारले विवादित राजदूत शेर्पालाई फिर्ता बोलायो, महत्वपूर्ण दुई आयोग खारेज

सरकारले विवादित राजदूत शेर्पालाई फिर्ता बोलायो, महत्वपूर्ण दुई आयोग खारेज


काठमाडौं । विवादास्पद राजदूत लक्की शेर्पालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत रहेकी शेर्पालाई फिर्ता बोलाउने निर्णय गरेको हो । तर सरकारले भने सोमबारको निर्णयहरु सार्वजनिक गरेको छैन् ।

तत्कालिन माओवादी केन्द्रको कोटाबाट राजदूत बनेकी शेर्पालाई उनकै ड्राईभरले मानव तस्करीको आरोप लगाएपछि उनी विवादित बनेकी हुन्।

शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शेर्पाका गतिविधिबारे ब्रिफिङ गरेको र प्रधानमन्त्री ओलीले यसबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग् पनि छलफल गरेका थिए । राजदूत शेर्पालाई सरकारले स्पष्टीकरणका लागि नेपाल बोलाएको थियो ।

दुई महत्वपूर्ण आयोग खारेजः
त्यस्तै सरकारले दुई महत्वपूर्ण आयोगहरु राखेज गरेको छ । वृहत शान्ति सम्झौता अनुरुप गठित तर अधिकारविहीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग खारेज गरेको हो ।

दुवै आयोगको काम गर्नका लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका मानवअधिकार सम्बन्धी सल्लाहकार सुशील प्याकुरेलको नेतृत्वमा एक नयाँ संयन्त्र गठन गरेको सरकारी स्रोतले जनाएको छ ।

Logo