आईजीपीको गर्जन, ‘मैले गल्ती गरेको भए बर्दी खोल्दिए हुन्छ’ (भिडियोमा)

आईजीपीको गर्जन, ‘मैले गल्ती गरेको भए बर्दी खोल्दिए हुन्छ’ (भिडियोमा)


काठमाडौं । सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ । संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेकी हुन् ।

सोमबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्था कमजोर हुँदैं गईरहेको अवस्थाबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो ।

समितिको सोही बैठकमा बोल्दै सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट गर्न नसक्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने तर्क गरिन् ।

बैठकमा बोल्दै सासंद कालीबहादुर मल्लले प्रहरीलाई दात नभएको कुकुरको संज्ञा दिए । उनले प्रहरीको उज्यालो छवि धमिलिएको भन्दै सोधे , “प्रहरी दाँत बिनाको कुकुर किन बन्यो ? दाँत नभएको कुकुरले टोक्न सक्दैन ।’’

सांसदहरुको जिज्ञासाको जवाफ दिंदै आईजीपी खनालले निर्मला हत्याकाण्डको अनुसन्धान जटिल बनेको स्वीकार गरे । ढिलो चाँडो हत्यारा कानुनी दायरामा ल्याई छाड्ने बताउदै उनले आफुले कोही कसैलाई दबाब नदिएको बताए । ‘‘मैले अनुसन्धानका क्रममा कसैलाई दबाब दिएको प्रमाणित हुन्छ भने ससंदबाटै मेरो बर्दी खोल्दिए हुन्छ । अनुसन्धान निश्पक्ष र दबाबरहीत छ ।’’ उनले भने ।

निर्मला हत्याकाण्डको अनुसन्धानको चिन्ताले आफूलाई निद्रै लाग्न छाडेको समेत बताए । लामो समयदेखि फरार ७३२ जना पक्राउ परेको, विप्लव समूहको आतंक अन्त्य गरेको, सीके राउतको राष्ट्रविरोधी गतिनिधि न्यूनीकरण गरेको उनले बताए ।

विप्लव समूहका ३४७ र सीके राउतसहित उनका ९४ जनालाई पक्राउ गरी मुद्दा चलाएको तथा १५२ थान अवैध हतियारसहित १५० भन्दा बढीलाई पक्राउ गरेको संसदीय समितिलाई जानकारी दिए ।

Logo