‘रणवीर’ को टिजर सार्वजनिक

नेपाली चलचित्र ‘रणवीर’ को टिजर सार्वजनिक गरिएको छ । गोबिन्द सिंह भण्डारीले निर्देशन गरेको यस फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त निर्माण गरेका हुन् ।

सुशिल सिटौला, सुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्रकार, हरिहर शर्मा, टीका पहारी, रबि गिरी, नरेश पौडेल, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, शैलेशवरी सिंह, बसन्ति भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

उक्त टिजरमा प्रशान्त र सुशिल एङ्ग्री लुक्समा देखिएका छन् । निर्देशक भण्डारी कै कथा र पटकथा रहेको यस चलचित्रलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । महेश पौडेलले खिचेको यो फिल्म आउदो माघ १८ गते देखि प्रर्दशनमा आउँदैछ ।