प्रदीप रावललाई लागुऔषध दिएर निर्मला हत्याको अपराध कबुल

प्रदीप रावललाई लागुऔषध दिएर निर्मला हत्याको अपराध कबुल


काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहेको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ ।

अनुसन्धानका लागि काठमाडौं पुर्‍याइएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल कुखुरा चोरीको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार साउन ९ गते राति भीमदत्त नगरपालिका –१८ भगतपुरको एक पसलबाट कुखुरा चोरी भएको थियो । पसल मालिक पुनित चौधरीले प्रदीपमाथि शंका गरेर सालधारीस्थित प्रहरी विटमा जाहेरी दिएका थिए । समाचार कान्तिपुरमा छ ।

यता, पक्राउ परेका विशाल चौधरीका बुबा वीरबहादुर चौधरीले आफ्नो छोरालाई लागुऔषध दिएर अपराध कबुल गर्न लगाउने काम भइरहेको आरोप लगाएका छन् ।

Logo