अछामी बड्डोले ल्याए रोमान्टिक देउडा गीत ‘ओ मेरी रंगीली सुवा’

अछामी बड्डोले ल्याए रोमान्टिक देउडा गीत ‘ओ मेरी रंगीली सुवा’


काठमाडौं । लाल बहादुर धामी र दीपक संगम बिसीको ‘ओ मेरी रंगीली सुवा’ बोलको गीत सार्वजनिक भएको छ । नेपाली लोक देउडा शैलीमा बनेको यस गीतमा दीपक संगम बिसी कै शब्द तथा संगीत रहेको छ ।

गीतमा अञ्जली अधिकारी र तुला कुवँरलाई फिचरिङ गरिएको छ । बिक्रम चौहानले निर्देशन गरेको गीतलाई रामेश्वर हुमागाईले खिचेका हुन् । साथै मिलन बिके ले सम्पादन गरेका हुन् ।

लोक देउडा गायक लाल बहादुर धामी अछामी बड्डो नामले परिचित छन् । पछिल्लो समय निकै नै चर्चामा आएका गायक धामीले देउडा क्षेत्रमा नयाँ नयाँ शैलीका गीत ल्याईरहेका छन् । यसअघि पनि उनले यो बड्डो आईगयो, बड्डो आयो डिजेमा लगायतका चर्चित लोक देउडा बजारमा ल्याईसकेका छन् ।

Logo