कर्मचारी समायोजन अध्यादेश राष्ट्रपतिद्वारा जारी

कर्मचारी समायोजन अध्यादेश राष्ट्रपतिद्वारा जारी


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद छलेर ल्याईएको कर्मचारी समायोजन अध्यादेश जारी गरेकी छन् । गत सोमबार राति मन्त्रिपरिषद्ले सिफारिस गरेको ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ आज राष्ट्रपतिले जारी गरेको हो।

कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति कार्यालयलाई पठाइएको भन्ने विषयमा पनि सरकारले औपचारिक जानकारी दिएको थिएन। यस्तो अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र प्रतिस्थापन गरिसक्नु पर्नेछ।

अध्यादेश जारीपछि प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढ्नेछ। यसअघि पारित भएको कर्मचारी समायोजन ऐन अनुसार संघमा कार्यरत कर्मचारीले समायोजन प्रक्रियामा भाग नलिने अडान लिएपछि अध्यादेश ल्याइएको हो।

अध्यादेश अनुसार सरकारले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीका लागि ग्रेड वृद्धि लगायतका सुविधाको व्यवस्था गरेको छ।

Logo