प्रियंकालाई पछि पार्दै दीपिका एसियाकै ‘कामुक महिला’ को १ नम्बरमा

प्रियंकालाई पछि पार्दै दीपिका एसियाकै ‘कामुक महिला’ को १ नम्बरमा


एजेन्सी । दीपिका पादुकोण एसियाका ५० शीर्ष ‘कामुक महिला’ को पहिलो सूचीमा परेकी छन् । प्रियंका चोपडालाई पछि पार्दै उनी कामुक महिलाको पहिलो सूचीमा परेकी हुन् ।

बेलायतको इस्टर्न आइ साप्ताहिकले पादुकोणलाई एसियाका ५० महिलाको पहिलो नम्बरमा पारेको हो । उनले सबैभन्दा बढी ‘भोट’ ल्याइन्। उनको कडा प्रतिस्पर्धा प्रियंका चोपडासँग भएको थियो ।

चोपडा यही म्यागेजिनले गत वर्ष जारी गरेको सूचीको पहिलो स्थानमा थिर्इन्। यसपाला उनी दीपिकाभन्दा पछि दोस्रो नम्बरमा परेकी छिन्। तेस्रो स्थानमा निया शर्मा रहेकी छिन्।

उनी दुवै जनाले यसैवर्ष विवाह गरेका छन् । दीपिका पादुकोणले रणवीर सिंह विवाह गरेकी थिईन् भने प्रियंकाले अमेरिकी गायक निक जोसानसँग विवाह गरेकी थिईन् ।

उनीहरुको विवाह गोप्य रुपमा भएको थियो । दुवै जनाले विवाहको तस्बिर सार्वजनिक गरेका थिएन् । बिहेको तस्बिर फेला पार्न मिडियालाई लामै समय कुर्नुपरेको थियो ।

Logo