निर्मला हत्याकाण्ड: प्रहरी अपराधीको नजिक !

निर्मला हत्याकाण्ड: प्रहरी अपराधीको नजिक !


बालिका निर्मला पन्तको हत्याकाण्डको अनुसन्धानमा प्रहरी अपराधीको नजिक पुगेको बुझिएको छ। सीआईबी स्रोतले दिएको जानकारी अनुसार बुधबार पक्राउ परेका प्रदीप रावलसंग लिइएको बयानपछि प्रहरी अपराधी नजिक पुगेको हो।

कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको अनुसन्धानक क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार रावललाई पक्राउ गरेको थियो। रावलसँग गएराति १० बजेदेखि २ बिहान बजेसम्म बयान लिइएको थियो।

बयान लिन आइजीपी सर्वेन्द्र खनाल स्वय पुगेका थिए।  सिआइवी प्रमुख डिआइजी निरज शाही, डिएसपी कवित कट्वाल र अनुपम शमशेर जबराले रावलको बयान लिएका थिए।

प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । बुधबार दिउसो ४ बजे गृह मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय पुगेका आइजीपी खनाललाई सिआइवी प्रमुखले थप शंकासहित रावललाई नियन्त्रणमा लिएको जानकारी गराएका थिए । यद्यपि ६ बजे मात्रै आइजीपीलाई रावलमाथि अनुसन्धान गरेको प्रगति विवरणबारे जानकारी गराएपछि आइजीपी खनाल आफै राती १० बजे सिआइवी पुगेका थिए । उनी रावलको बयानसँगै २ बजे मात्रै सिआइवीबाट निवास फर्केका थिए।

रावल साउन ११ गते भारत मामाघर गएर नेपाल फर्केका थिए। उनलाई सिआइबीको तत्कालिन अनुसन्धान टोलीका डिएसपी अंगुर जिसीले सोधपुछ गरी छाडेको थियो । प्रहरीले त्यसरी छाडेपछि उनी पुनः भारत गएका थिए।

एक हप्ता अघि कञ्चनपुरबाट ७ जनालाई अनुसन्धानमा ल्याउँदा रावललाई पनि ल्याइएको थियो। सोमवारदेखि रावललाई हिरासतमा राखिएको थियो। १८ बर्षीय रावलको डिएनए म्याच भएमा उनीविरुद्ध कारवाही अघि बढाउने छ ।

Logo