अन्तर्वार्ता अघि परीक्षामा असफल अस्थायी शिक्षक बिदा हुन नपाउने

अन्तर्वार्ता अघि परीक्षामा असफल अस्थायी शिक्षक बिदा हुन नपाउने


भक्तपुर । अस्थायी शिक्षक परीक्षामा असफल भएकाहरुले तत्कालै बिदा नपाउने भएका छन् । अहिले सार्वजनिक भईरहेको अस्थायी शिक्षक परीक्षाको नतिजामा धेरै जसो शिक्षकहरु असफल भईरहेको बेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रले असफल भएका शिक्षकहरुलाइृ तत्काल बिदा नगर्ने भएको हो ।

सुविधा रोजेका तथा परीक्षामा असफल अस्थायी शिक्षकहरु तत्काल बिदा नहुने भएका हुन् । लिखित परीक्षाको सम्पूर्ण नतिजा आइसकेपछि पनि प्रयोगात्मक परीक्षा र अन्तवार्ता नहुञ्जेलसम्म अस्थायी शिक्षकहरुलाई सेवाबाट बिदा नगरिने केन्द्रले जनाएको छ ।

केन्द्रले शिक्षा मन्त्रालयले मंसिर १७ गते गरेको मन्त्रीस्तरीय निर्णय अनुसार अन्तर्वार्ता अघि कुनैपनि अस्थायी शिक्षकलाई सेवामा बाधा नपुर्याउन ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाई र ५ वटै शिक्षा विकास निर्देशनालयहरुलाई निर्देशन दिएको छ ।

Logo