प्रधानमन्त्री नै क्रिश्चियनहरुको कार्यक्रममा गएपछि कुन नेताले के भने (भिडियोमा)

प्रधानमन्त्री नै क्रिश्चियनहरुको कार्यक्रममा गएपछि कुन नेताले के भने (भिडियोमा)


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मीन विश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफैं सहभागी भएकोमा आपत्ति जनाएका छन् ।

कांग्रेस नेता विश्वकर्माले विवादित संस्था यूपीएफले आयोजना गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहिन सरकारको रुपमा परिचित भएको दावी समेत गरे ।

राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले पनि क्रिष्चियन धर्मको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको दावी गरे ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले धर्म निरपेक्ष राष्ट्रको सरकार कुनै एउटा धर्मको प्रचारमा सहभागी हुनु, खर्च गर्नु संविधान विरोधी काम भएको भन्दै असन्तुष्टि जनाए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले क्रिष्चियन धर्म प्रचार संस्थाले आयोजना गरेको कार्यक्रममा राज्य संयन्त्रको परिचालन हुनु आपत्तिजनक रहेको बताए । यो घटनाले मुलुकमा जातीय द्धन्द्ध निम्तन सक्ने तर्फ पनि सचेत गराए ।

Logo