मोटरसाइकल र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु

मोटरसाइकल र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु


वीरगञ्ज । मोटरसाइकल र म्याजिक भ्यान एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । वीरगञ्ज-पोखरीया सडकखण्डमा मोटरसाइकल र म्याजिक भ्यान ठोक्किंदा पोखरीया नगरपालिका ९ का २४ वर्षीय रामनारायण मुखियाको मृत्यु भएको हो ।

वीरगन्जबाट पोखरीया गइरहेको ना१ज ८०२४ नम्बरको म्याजिक भ्यान बिहान अनियन्त्रित भइ विपरीत दिशाबाट आइरहेको ना१२प ५३९७ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

घटनास्थलमा प्रहरी ढिलो आएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले वीरगञ्ज पोखरीया सडकखण्ड अवरुद्ध पारेका छन् । सडकअवरूद्धसँगै स्थिति तनावपूर्ण बनेको छ ।

Logo