श्रीमानका यी बानी, जुन छुटाउन सकिदैंन

श्रीमानका यी बानी, जुन छुटाउन सकिदैंन


हाम्रो हिन्दु शास्त्रमा विवाह एक पवित्र बन्धन मानिन्छ । दुई परिवारसँगै दुई आत्माको पनि मिलन हुन्छ । यस बन्धनपछि श्रीमान र श्रीमती एक मधुर जीवनको इच्छा गर्छन् ।

सबैलाई थाहा भएको कुरा नै हो हरेक केटा र केटीहरु विवाहपछि जिन्दगी पुरै बदलिन्छ र कुनै बानी छुट्छ । कुनै यस्तो बानी हुन्छ जुन चाहेर पनि छुटाउन मुश्किल हुन्छ । हरेक केटीहरुले सोचिरहेको हुन्छन् कसरी त्यस्ता बानीहरु छुटाउन सकिन्छ भनेर र सबै प्रयास असफल हुन्छ ।

स्पोर्टसः
केटाहरुलाई क्रिकेट वा फुटबल हेर्न एकदमै मनपर्छ । बिशेषगरी वल्र्ड कप म्याच होस, उनीहरु अफिसबाट नै छुट्टी लिन्छन् । म्याच हेर्दा हेर्दै उनीहरुले आफ्नो श्रीमतीलाई पनि बिर्सन्छन् । श्रीमतीले आफु प्रति जति आकर्षित गर्न खोजे पनि उनीहरुको स्पोर्टसबाट ध्यान हट्दैन् ।

आमासँग तुलनाः
केटाहरुमा एउटा एकदमै नराम्रो बानी आफ्नो श्रीमतीलाई आमासँग तुलना गर्ने हुन्छ । सानो सानो कुरामा श्रीमतीलाई आमासँग तुलना गर्छन् । विशेषगरी खाना पकाउने कुरामा आमाले जस्तो स्वादिष्ट खाना बनाउन सक्दैनौ भनेर गर्छन ।

झुठ बोल्ने बानीः
श्रीमतीले जति गरे पनि आफ्नो श्रीमानको झुठ बोल्ने बानी छुटाउन सक्दैनन् । केटाहरु आफ्नो श्रीमतीलाई खुशी राख्नको लागि र झगडा गर्नबाट बच्नको लागि सानो तिनो झुठ बोल्छन् ।

धुम्रपान गर्ने बानीः
केटाहरुमा सबैभन्दा बढि नराम्रो बानी भनेको नशा हो । श्रीमतीले जति नै चाहेपनि यो बानी छुटाउन सक्दैनन् । छेउमा नखाए पनि बाहिर गएर लुकीछुपी खान्छन् ।

अरु केटीहरुलाई हेर्ने बानीः
केटाहरुलाई आफ्नो श्रीमती जति नै सुन्दर किन नहोस् अरु केटीहरुलाई हेर्ने बानी कहिल्यै छुट्दैन् । गलत नजरले नहेरेको भए पनि केटाहरुको यो बानी छुटाउन मुश्किल हुन्छ । यस बानीलाई एिर झगडा गर्नुभन्दा राम्रोसँग सम्झाउनुपर्छ ।

आलोचना गर्नेः
धेरैजसो केटाहरु अर्काे मानिसहरुको अगाडि आफ्नो श्रीमतीको आलोचना गर्ने गरेको सुनिन्छ । यस्तो गर्नु एकदमै गलत हो । यो बानी केटाहरुमा धेरै हुन्छ । जुन श्रीमतीले सुधार्न सक्दिनन् । श्रीमतीको कुन कुरा मनपर्दैन त्यो कुरा उनलाई सम्झाएर भन्नुपर्छ र राम्रो कुराको प्रशंसा गर्न बिर्सनु हुँदैन् ।

Logo